
सप्तरी : सप्तरीको बलान विहुल गाउँपालिका वडा न. ४ स्थित बेल्हीमा तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको छ । झडपलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर गरेका हुन् ।
जिल्लाको बलान बिहुल गाउपालिका वडा न. ४ बेल्हीमा आज दिउँसो भारतबाट ल्याएको सामान प्रहरीले नियन्त्रणमा लिन खोजे पछि झडप हुदा प्रहरीले तिन राउण्ड हवाई फायर भएको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एव डीएसपी माधवप्रसाद काफ्लेले तस्करी गरी ल्याएको सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीविरुद्ध तस्करको समूहले आक्रमण गरेपछि प्रहरीले हवाइ फायर गरेको बताउनुभयो । बलानबिहुल गाउपालिका वडा नं.४ बेल्हीका घुरन साहको घरबाट अबैध रुपमा बरामद भएको लत्ताकपडाहरु बरामद गरी कार्यालयमा ल्याई आवश्यक कारवाहीको लागी भंसार कार्यालयलाई बुझाएको प्रहरीले जनाएको छ ।
तस्करहरुले गरेको ढुंगा प्रहारबाट तीन जना प्रहरी पनि घाइते भएको उहाले जानकारी दिनुभयो । यता घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । भारतबाट सामान तस्करी गरेर एक घरमा राखिएको सूचना पाएपछि प्रहरीको टोली पुगेको थियो । ती घरको खनतलासी गर्न नदिएर प्रहरीमाथि नै ढुँगा प्रहार गर्दा प्रहरीले हवाई फायर गरेको काफ्लेले बताउनु भयो ।
सुरक्षाकर्मी ती सामान नियन्त्रणमा लिएको छ भने यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसै विच स्थानियबासीहरुले प्रहरी माथी हुलहुजत तथा ढुङगामुडा गर्दा प्र.स.ह.शिव शंकर साहको घुडा मुनी चोट,प्र.ज.अनिल कुमार बस्नेतको छातिमा चोट र प्र.ज.विशाल कुमार मिश्राको टाउकोमा चोट लागेका छन ।