
काठमाडौं : काठमाडौं महानगरपालिकाले काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको बनेको अवैध संरचनामा डोजर चलाएको छ । महानगर प्रमुख बालेन शाहको नेतृत्वमा बिहीबार दिउँसो त्यहाँका अवैध संरचना डोजर लगाएर भत्काइएको हो ।
अवैध संरचना भत्काउनु अगाडि आजै बिहान मेयर बालेनसहितको टोली अल्फाबिटा कम्प्लेक्स पुगेका थिए । मेयर बालेनले कम्प्लेक्सका सञ्चालक द्वीराज शर्मासँग भवनको नक्सा मागेका थिए । तर, शर्माले आफूसँग भवनको नक्सा नभएको बताएपछि उनी र मेयर बालेनबीच चर्काचर्की नै भएको थियो ।
मेयर शाहले प्रमुख शर्मासँग झोक्किँदै भनेका थिए, ‘तपाईंको घरको नक्सा मसँग हुनुपर्छ ? त्यसपछि कम्प्लेक्सका सञ्चालक शर्माले आफू वकिलमार्फत आउने भनेपछि बालेनले अवैध संरचना तत्काल खाली गर्न निर्देशन दिएका थिए ।
अल्फाबिटाले पार्किङका लागि छुट्याएको ठाउँमा व्यापारिक प्रयोजनका लागि संरचना बनाएको पाइएपछि मेयर बालेन डोजरसहित त्यहाँ पुगेका थिए । अहिले डोजरले अवैध रुपमा सञ्चालित फार्मेसी हटाइरहेको छ ।