गठबन्धन दल

काठमाडौँ:  सत्तारुढ गठबन्धनमा रहेका दलहरूले चुनावी सिटका लागि आ-आफ्नै अडान कसेपछि बिहीबारको बैठक निष्कर्षबिनै सम्पन्न भएको छ।

बैठकमा दलहरूले चुनावी तालमेलका लागि आ-आफ्नो दाबी पेश गरेका छन्। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले एक्लै १०० सिटमा दाबी गरेपछि गठबनेधनमा रहेका अन्य ४ दलले पनि साेहीअनुसार सिट संख्यामा दाबी गरेका छन्।

Ads
नेकपा माओवादी केन्द्रले ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट दाबी गरेको बैठकपछि राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए। यस्तै जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले दुई सिट मागेको उनले बताए।

बैठकमा माओवादीको चुनाव चिह्नबाट चुनाव लड्ने सहमति गरेका नेताहरू डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई तालमेलमा समेट्ने भन्ने विषयमा बैठकमा छलफल भएको छ। तर यसबारे कुनै निष्कर्ष निस्किएको छैन।

यस्तै बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित कदमका विाष्यमा पनि छलफल भएको उनले जानकारी दिए। सिट बाँडफाँडबारे निर्णयका लागि शुक्रबार (भोलि) ४ बजे पुन: बैठक बस्ने बताइएकाे छ।

२०७९ भाद्र ९, बिहीबार १९:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय