
नयाँ दिल्ली : एसिया कप क्रिकेटअन्तर्गत लिग चरणको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको छ।
पाकिस्तानले दिएको एक सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पुरा गर्यो। भारतलाई अन्तिम ४ ओभरमा ४१ रन आवश्यक रहेका बेला रविन्द्र जडेजा र हार्दिक पान्ड्याले शानदार प्रदर्शन गरे।
भारतले १९ औँ ओभरमा १४ रन जोडेको थियो। भारतको पालीमा जडेजा र विराट कोहलीले समान ३५ रन जोडे। पाण्ड्या ३३ रनमा अविजित रहे। अन्तिम ओभरमा ७ रन आवश्यक रहेका बेला पाण्ड्याले चौथो बलमा छक्का प्रहार गर्दै टोलीलाई रोमान्चक जित दिलाएका हुन्।
त्यसअघि टस हारेपछि पहिला ब्याटिङ गर्ने जिम्मा पाएको पाकिस्तानले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय ४७ रन जोड्यो । पाकिस्तानका मोहम्मद रिजवानले सर्वाधिक ४३ रन बनाए । इफ्तिखर अहमदले २८ रन बनाए । तल्लोक्रमका सहनवाज दहानीले १६ र हरिस रौफले १३ रनको महत्वपूर्ण पाली खेले ।