जनकपुरधाम :  नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका छन् ।

क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनले स्पष्ट पारे ।

जनकपुरधाममा आज आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्रियामा पूर्वउपसभापतिसमेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रुपमा समेत संसद्मा प्रवेश गर्नसक्ने सम्भावना रहेको जानकारी गराए ।

पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेता निधिले, आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रुपमा सांसद भए पनि सहजरुपमा लिन धनुषा निर्वाचन क्षेत्र नं ३ का नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।


२०७९ भाद्र १६, बिहीबार १५:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय