फाइल तस्बिर

काठमाडौं : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी प्रतिनिधि सभा निर्वाचनमा चितवन–३ बाटै उम्मेदवारी दिने बताएका छन् ।

शुक्रबार सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले आफू चितवनबाटै चुनाव लड्ने बताएका हुन्। प्रचण्ड अघिल्लो निर्वाचनमा पनि चितवन–३ बाटै निर्वाचित भएका थिए ।

अघिल्लो पटक बाम गठबन्धनका उम्मेदवार रहेका प्रचण्डले राप्रपाका विक्रम पाण्डेलाई साढे ९ हजार मतान्तरले पराजित गरेका थिए ।

यसपटक प्रचण्डलाई गोरखा, सिन्धुली, धनुषा, कालीकोट, रुकुम लगायतका क्षेत्रबाट चुनाव लड्न पार्टीभित्रका नेताहरुले सुझाइरहेका थिए । तर प्रचण्डले चितवनबाटै चुनाव लड्ने घोषणा गरेका हुन् ।

 

२०७९ भाद्र १७, शुक्रबार १०:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय