
काठमाडौं : कक्षा १२ को ग्रेडवृद्धि परीक्षा असोजमा हुने भएको छ।
राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशित गरी आउँदो असोज ३० र ३१ गते ग्रेडवृद्धिको परीक्षा हुने जनाएको छ। कक्षा १२ को परीक्षाफल शुक्रबार प्रकाशित भएको थियो।
बोर्डका अनुसार दुई विषयमा ननग्रेडिङ अर्थात ३५ प्रतिशतभन्दा कम अंक आउने विद्यार्थीले ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन्। यस वर्ष एक लाख ८८ हजार चार सय १० जना विद्यार्थी ननग्रेडिङमा परेका छन्। उनीहरुमध्ये एक लाख ३० हजार आठ सय ७८ विद्यार्थीले परीक्षा दिन पाउने बोर्डले जनाएको छ।
ग्रेडवृद्धि परीक्षामा दुवै विषयमा कम्तिमा १.६ जीपीए ल्याएमा मात्र उच्च शिक्षा पढ्न पाइने बोर्डले जनाएको छ।
शुक्रबार प्रकाशित नतिजाअनुसार, सैद्धान्तिक परीक्षामा कुनै पनि विषयमा ३५ प्रतिशतभन्दा कम अंक ल्याउने विद्यार्थीलाई ननग्रेडिङमा राखिएको छ। अब ग्रेडिङमा पर्नलाई पनि कम्तिमा ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ।