
बर्दिबास : राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च नेपालको मधेश प्रदेश समिति गठन भएको छ ।
बोलिचालीमा मानवअधिकार एलायन्स भनिने यो संगठनको आज शनिबार महोत्तरीको बर्दिबासमा सम्पन्न प्रदेश भेलाले सिरहाका मानवअधिकारकर्मी देवराज पोखरेलको अध्यक्षतामा नौ सदस्यीय प्रदेश समिति सर्वसम्मत चयन गरेको हो ।
समितिका उपाध्यक्षमा रेखा झा, सचिब शिला झा, सहसचिब दीपा राजभण्डारी र कोषाध्यक्ष गोविन्द कार्की चयन हुनुभएको छ ।
भूमिअधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रीय उपाध्यक्ष एबम् नेकपा एमाले मधेश प्रदेश कमिटी सदस्य गुञ्ज खड्काको प्रमुख आतिथ्य र एलायन्सका केन्द्रीय सचिब तथा मधेश इञ्चार्ज नइम अन्सारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
एलायन्सको भेलामा एमाले प्रदेश कमिटी सदस्यद्वय दिपेन्द्रकुमार यादव र संयोगिता साहले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।