काठमाडौं : नाबालिग बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै क्रिकेटर सन्दीप लामिछाने विरुद्ध गौशाला प्रहरीमा उजुरी परेको छ । बालिकाले दिएको जाहेरी अनुसार ५ भदौमा सिनामंगलको होटल इनमा राति जबरजस्ती बलात्कार गरेको भनिएको छ ।

प्रहरीले विस्तृत अनुसन्धान थालेको छ । प्रहरीले प्रमाण संकलनका क्रममा होटल इनको सिसिक्यामेरा फुटेजको जाँच गरेको प्रहरी स्रोतले बतायो । उक्त दिन लामिछाने र पीडित बालिका होटलभित्र छिरेको फुतेजमा देखिएको प्रहरीले बताएको छ । पीडित बालिकालाई त्यहाँ लगेर लामिछानेले पटक पटक बलात्कार गरेको आरोप लगाएकी छन्। प्रहरीले उक्त फुटेजको अनुसन्धान समेत थालेको छ।

पीडितसँग लामिछाने गत भदौ ५ गते भक्तपुर घुम्न गएका थिए। सोही रात आफूमाथि लामिछानेले बलात्कार गरेको जाहेरीमा किशोरीले उल्लेख गरेकी छन्।सन्दीप र ती किशोरी गत भदौ १ गते पनि नगरकोट घुम्न गएको खुलेको छ। नगरकोटको होटलमा पनि बलात्कार भएको पाईएपछि त्यहाँको सिसिक्यामेरा फुटेज संकलन गर्न प्रहरी पठाइएको प्रहरी स्रोतले बताएको छ।

सम्बन्धित समाचार

क्यानले सन्दीपलाई तत्काल कुनै कारबाही नगर्ने

सन्दीप लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी

२०७९ भाद्र २२, बुधबार १९:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय