ललितपुर : ललितपुर महानगरपालिकाले लगनखेल बसपार्क नजिक सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्द गराएको छ ।

आइतबार महानगरको टोलीले केहि संरचना हटाई तारजाली लगाएर पम्प बन्द गराएको हो ।

सार्वजनिक जग्गामा रहेको उक्त पम्प खाली गर्न पटक पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगरले नै बन्द गराएको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।

उनले महानगरभित्र रहेका अवैध संरचनाको शुभारम्भ गरिएको र अव महानगर कडा रुपमा प्रस्तुत हुने बताए । उनले आफुले पहिलो कार्यकालको दोश्रो बर्षदेखि नै अवैध संरचना अटाउने काम सुरु गरेको भन्दै ललितपुर महानगरमा बालेन साहको कामको कुनै प्रभाव नपरेको जिकिर गरे ।

यसअघि महानगरले लगनखेलस्थीत आफ्नै भवनमा रहेको अवैध संरचना पनि हटाएको थियो ।

२०७९ भाद्र २७, सोमबार ०८:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय