अनिल कुमार साह / यदुकूहा (धनुषा)

मेला हर्ने भनी घरबाट निस्किएकी महिलाको शव धनुषाको शहिदनगर नगरपालिका–३ यदुकूहा स्थित बाँस झाडीमा फेला परेको छ । सोमवार साँझ साढे ५ बजेको समयमा मेला हेर्न भनी घरबाट निस्किएकी महिलाको शव मंगलबार बिहान स्थानीयले नहर डिलमा रहेको बाँसको झाडीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
धनुषाको शहिदनगर नगरपालिका–३ यदुकूहा बजार टोलकी महिला हुन् । शवको प्रकृति हेर्दा अर्धनग्न देखिएपनि घाँटी थिचेर हत्या गरी फालेको देखिन्छ । अनुसन्धानमा खटिएका प्रहरी अधिकृतले भने, ‘महिलाको शव अर्धनग्न अवस्थामा भुइँमा घोप्टो फेला परेको छ, तर घटना अघि के भएको थियो, भनी यकिनका साथ भन्न सकिने अवस्था छैन् । थप कुरा पोष्टमार्टम रिर्पोट आएपछि मात्र थाहा हुन्छ ।’

प्रहरीका अनुसार लास फेला परेको ठाउँमा अहिले प्रहरीले घेरा हाली धनुषा प्रहरीका प्रहरी उपरीक्षक बसन्त रजौरे सहितको तालिम प्राप्त कुकुर लिएर घटना सुक्ष्म अनुसन्धान स्थलमा पुगेका थिए । यदुकूहाको बजार टोलमा इन्द्र पूजाको अवसरमा लागेको मेला हेर्न निस्किएकी महिला मृतक भेटिएपछि अनुसन्धानको क्रममा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अबेरसम्म घर नफर्केपछि बुहारी खोज्न मेलामा गयौं तर त्यहाँ नभेटेपछि, मेलामा नाच थियो । नाच सकिएपछि आफैं घर आउछ, भन्ने आशमा रात गुजा¥र्यौ तर बिहान–बिहानै बुहारीको लास भेटिएको खबर पाएको परिवारजनको भनाई छ । यदुकूहामा इन्द्र पुजाको अवसरमा मेला लागेको थियो । मृतकको घरदेखि केही दूरीमा रहेको स्कुलमा हिजो राती नाच (सांस्कृतिक) प्रोग्राम थियो ।

मृतक महिलाको ३ वर्षीया एक छोरी र छिन भने श्रीमान् चार वर्षदेखि वैदेशिक रोजगारको सिलसिलामा बाहिर बस्दै आएका छन् ।

२०७९ भाद्र २८, मंगलवार १५:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय