फाईल फोटो / नेपालवाणी

काठमाडौं : महानगरपालिकाका मेयर बालेन्द्र शाहले असफलताले मानिसलाई धेरै कुरा सिकाउने बताएका छन् ।

उपत्यका प्रहरी कार्यालयले राजधानीमा आइतबार आयोजना गरेको ‘आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम’मा बोल्दै शाहले भने, ‘असफलताले धेरै कुरा सिकाउँछ, हार्न सिकौं मान्छे हारिराख्नुपर्छ ।’

हारबाट मानिसले साहस देखाउन र अर्को जित हासिल गर्न सिक्ने शाहको भनाइ छ । आत्महत्या रोज्नुअघि मानिसले साहसता देखाउनुपर्ने उल्लेख गर्दै शाहले भने–‘मेहनत गर्न र साहस प्रदर्शन गर्न सिक्नुपर्छ ।’

आफु सँधै गणितमा फेल हुनेगरेको उदाहरण दिँदै शाहले विद्यार्थीलाई हौसला दिँदै भने, ‘सँधै म्याथमा फेल हुन्थेँ, इन्जिनियर भएँ ।’ स्कुल तहमा हारजित र थोरै नम्बर आउँदा हरेश खान नहुने उनले बताए । शाहले भने, ‘ हारजित र नम्बर थोर भएर केही फरक पर्दैन ।’

२०७९ आश्विन २, आईतवार ११:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय