
महोत्तरी : महोत्तरीको गौशालामा नेकपा एमाले पार्टीले दिप प्रज्वलन गरि संविधान दिवस मनाएको छ ।
नेकपा एमाले गौशाला नगर कमिटिद्वारा आयोजना गरिएको उक्त दिप प्रज्वलन कार्यक्रममा पार्टीका नगर संयोजक अजय कुशवाहा , प्रमोद महतो, मनोज महतो(रोयल),सुनिल जैसवाल लगायत विभिन्न नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
२०७२ साल असोज ३ गते जारि भएको संविधानको अवसरमा नेकपा एमाले पार्टीले प्रत्येक वर्ष दिप प्रज्वलन गरि संविधान दिवस मनाउने गरेको छ ।