
जनकपुरधाम : मधेस प्रदेसको राजधानी जनकपुरधाममा दसैंको रौनक छाएका छ। त्यहाँको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्ति स्वरूपा दुर्गाको मूर्ति स्थापना गरेर श्रद्धा एवं उल्लासपूर्वक दसैं मनाइँदैछ।
राम मन्दिर परिसरमा रहेको राजदेवी मन्दिर, विद्यापति चोकस्थित दुर्गा मन्दिर, पिडडिया माइस्थान, बौधीमाइ, रजौललगायतका स्थानमा भव्य सरसजावट गरेर पूजाअर्चना गरिँदैछ।
पूजाआजा हुने शक्तिपीठ तथा मन्दिरहरू सजाइएर रङ्गिचङ्गी बनाइएका छन्। सरसजावटका लागि त्यहाँका स्थानीय युवा क्लबहरू लाखौंं खर्च गर्ने गरेका छन्।
दसैं सुरू भएसँगै जनकपुरमा भीडभाड पनि बढेको छ। रोजगार एवं अध्ययनका लागि बाहिर रहेकाहरू फर्किएसँगै त्यहाँ भीडभाड बढेको हो।