
नेपालवाणी / जनकपुरधाम
बटेश्वर गाउँपालिकाकामा बटेश्वर गाविस ७ अर्थात बटेश्वर साविक ७ स्तरी हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा १२ सम्मका साविक वडाका ७ का विधार्थीहरुको सहभागि भएको थियो ।
प्रतियोगितामा स्थानीय शिक्षक रामदुलार महतो, दिपेन्द्र सिँह, अशोक महतो ज्यु लगायत स्थानीय युवा आनन्द कुमार महतो र सरोज कुमार महतो ज्युले प्रश्न बनाएको थियो र कार्यक्रमको संयोजन सरोज कुमार महतो तथा आनन्द कुमार महतो ज्युले गर्नु भएको थियो ।
यस्ता प्रतियोगिता हुनु पर्छ र अतिरिक्त क्रियाकलाप कमि भएको अवस्थामा विधार्थीहरु माझ हाजिरजवाफ प्रतियोगिता हुनु जरुरी थियो । विधार्थीहरुको सक्रिय सहभागिता तथा स्थानीय जनसमुदायिकहरुको सहभागिता भएको थियो ।
प्रतियोगिता बटेश्वर गाउँपालिका वडा ०३ का कोरियानीटोलमा भएको थियो । प्रतियोगितामा ६ टिम बनाएर गराएको थियो भने विजय टिमलाई सर राजकिशोर महतो, रामदुलार महतो, दिपेन्द्र महतो हातबाट पुरस्कार वितरण गरियो ।