काठमाडौं: नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भूसालले पार्टी त्यागेको घोषणा गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत भूसालले एमाले छाडेको घोषणा गरेका हुन्। उनले पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावना नदेखेको र अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसक्ने भएपछि एमालेमा नबस्ने निर्णय गरेको उल्लेख गरेका छन् ।

‘म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु,’ सामाजिक सञ्जालमा भूसालले लेखेका छन् ।

२०७९ आश्विन २३, आईतवार ०८:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय