नेपाली कांग्रेसका महामन्त्री गगन थापा काठमाडौँ क्षेत्र नम्बर चार बाटै उम्मेदवार बन्ने भएका छन्। थापा सर्लाहीबाट उम्मेदवार हुने भन्दै प्रचार गरिएपछि सचिवालयले त्यसको खण्डन गरेको छ। थापाको सचिवालयले भनेको छ, ‘आफ्नो ठाउँ काठमाडौं क्षेत्र नम्बर ४ हो त्यहीँबाट हो चुनाव लड्ने। यो ठाउँ छोडेर अन्त जाने कुरा न सोच्न सकिन्छ, न त सोचिन्छ नै हल्लाको पछि नलागौँ।’

थापालाई क्षेत्रीय समितिले सर्लाहीको क्षेत्र नम्बर ४ बाट एकल उम्मेदवार सिफारिस गरेको थियो। त्यस क्षेत्रबाट यसअघि अमरेशकुमार सिंह निर्वाचित भएका थिए।

प्रतिशोध लिँदै देउवाले खोसे मिनेन्द्रको टिकट

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस संकटमा परेका बेला चुनाव जितेर आएका प्रभावशाली नेता डा।मिनेन्द्र रिजाललाई टिकटबाट बन्चित गरेका छन् । संसदमा कांग्रेसको उपस्थिति कमजोर भएका बेला प्रभावकारी भूमिका निर्वाह गरेर प्रतिपक्षको आवाज बलियो बनाएका रिजाल महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार थिए ।

पछिल्लो समय देउवाको कार्यशैलीप्रति विमति जनाउँदै आएका नेता डा.रिजालको साटो देउवाले महाधिवेशनको बेला कोइराला समूह छाडेर आफूलाई साथ दिएकी सुजाता कोइरालालाई टिकट दिएका छन् । २०७४ मा कांग्रेसले प्रत्यक्षतर्फ २३ सीट जित्दा रिजालले वाम गठबन्धनका उम्मेदवारलाई पराजित गरेका थिए । रिजालमाथि देउवाले पुर्वाग्रह साँधेको टिप्पणी नेताहरुले गरेका छन् ।

रिजालसँगै महामन्त्री र अन्य पदाधिकारीमा पराजित भएका नेताहरुमध्ये अधिकांशलाई केन्द्रीय सदस्य मनोनित गर्दा पनि देउवाले उनलाई भने मनोनित गरेनन् । रिजालले महामन्त्रीमा पराजित भएपछि नैतिकताको कारण देखाउँदै रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।

रिजाललाई अन्याय र प्रतिशोधविरुद्ध लड्न स्वतन्त्र उम्मेदवारी दिन कार्यकर्ताले दबाब दिएका छन् । मोरङमा मिनेन्द्र बलियो मानिन्छन् । उनी एमाले अध्यक्ष केपी ओलीसँग समेत केही समयअघिसम्म संवादमै थिए ।

२०७९ आश्विन २३, आईतवार १२:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय