
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अर्बपति उद्योगी विनोद चौधरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।
कांग्रेस संसदीय बोर्डको निर्णयानुसार चौधरीले आज बर्दघाट पुगेर मनोनयनपत्र दर्ता गराउने छन् । यसअघि समानुपातिक प्रणालीतर्फबाट प्रतिनिधिसभा सदस्य रहेका चौधरी यो पटक प्रत्यक्ष निर्वाचनमा होमिएका हुन् ।