
सर्लाही : लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोले सर्लाही २ बाट प्रतिनिधिसभा सदस्य उम्मेद्वारका लागि मनोनयन दर्ता गराएका छन् ।
वरिष्ठ नेता महतो यसअघि धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । तर यसपटक महतो आफ्नै गृहजिल्ला फर्किएका हुन् ।
पाँच दलीय गठबन्धनमा लोसपाले सर्लाही २ मा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेको थियो ।
पाँच दलीय गठबन्धनकै अर्का उम्मेद्वार नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव माओवादी केन्द्रको चुनाव चिन्हबाट उम्मेद्वारी दिएका हुन् ।
सर्लाही २ मा सहमति नजुटेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ ।
यसैगरी, प्रदेशसभा सदस्यका लागि सर्लाही २ (क) मा कांग्रेसका जंगीलाल राय र (ख) मा लोसपाका मेथुर चौधरीले मनोनयन दर्ता गराएका हुन् ।