बर्दिबास : बहादुर महतोको लागि संकलन भएको आर्थिक रकम हस्तान्तरण गरिएको छ ।

महोत्तरीको बर्दिबास-९ पशुपतिनगर र वडा न.७ किसान नगर दुईटै वडाको सिमामा बर्षौ देखि ऐलानी जग्गामा एउटा झोप्डिमा बस्दै आईरहेको आर्थिक समस्याले ग्रसित ,अशक्त ,वृद्ध बहादुर महतो को अवस्था हेरि त्यहाँको स्थानीय युवा रमेश महतो , प्रबेश महतो , पत्रकार सुरेन्द्र कुमार सिंह, ललन मण्डल र मलेशिया बस्दै आएको समाजसेवी युवा सुरेन्द्र महतो ले उहाको खाद्यान्न तथा आर्थिक संकलनको लागि समाजिक संजाल मार्फत २०७८ असोज ९ गते अभियान थालेका थिए ।

समाजिक संजालमा अभियान थालेपछि उक्त पीडित बहादुर महतो लाई विभिन्न ठाउँ बाट आर्थिक र खाद्यान्न सहयोग हरु आउन थालेपछि उहाँ लाई जस्ताको त्यस्तै हस्तान्तरण गर्दै गयो ।

उहाहरुको बस्ने जग्गामा बिबादास्पद भएकोले र बस्ने घरको अवस्था अति नै जर्जर भएकोले घर बनाउनको निमित्त चाहिने जग्गाको लागि पनि सम्बन्धित वडा र नगरपालिका मा पटकपटक कुरा राख्दा पनि जग्गा उपलब्ध हुन नसकेको कारणले उहाको घर बनाउनका लागि संकलन गरिएको रकम पीडितको नामबाट बैंकमा खाता खोली रकम जम्मा गरिएको छ ।

घर बनाउनको लागि संकलन भएको आर्थिक रकम रु ८००००/- यहि मिति २६ असोज २०७९ बुधबार को दिन बर्दिबास नगर पालिका को उपमेयर तारा देबि , समाजसेवी युवा अमरेश कुमार यादब , रोशन यादव , लघुबित बिकास बैंकको कर्मचारी सुरेन्द्र यादब , समाजसेवी युवा बिशुनदेब महतो , प्रबेश महतो स्थानीय पत्रकार सुरेन्द्र सिंह र त्यहाको स्थानीय हरुको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको छ ।

 

२०७९ आश्विन २७, बिहीबार १२:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय