काठमाडौं : चर्को नुनिलो वा गुलियो खाँदा रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पु-याउँछन् र मुटुमा असर पुग्छ । चुरोट पिउँदा पनि रक्तनली मोटो भएर रक्तप्रवाहमा बाधा पुग्छ र मुटुरोगको सम्भावना ह्वात्तै बढ्छ ।

धेरै रक्सी पिउँदा उच्च कोलेस्ट्रेल, उच्च रक्तचाप र कलेजोमा खराबी देखा पर्छन् र यी सबै मुटुरोगका कारण बन्न पुग्छन् । धेरै तनाव लिँदा रक्तचाप बढ्छ र मुटुमा दबाब पर्छ जसका कारण मुटुरोग लाग्छ ।

शारीरिक काम नगर्दा रक्तप्रवाहमा समस्या आउँछ, रगत राम्ररी बग्न नपाएर मुटुमा समस्या देखिन्छ । धेर खाँदा रक्तनलीमा बोसो जम्छ जसका कारण उच्च रक्तचाप हुन पुग्छ र मुटुरोग निम्त्याउँछ ।

राति ढिलोसम्म जागै बस्ने, अधुरो निद्रा हुने अवस्थामा पनि तनाव, उच्च रक्तचाप लगायतका समस्या आउँछन् र मुटुलाई बिगार्छन् । दाँत र गिजाको समस्याले पनि मुटुरोग बढाउने कुरा धेरै अनुसन्धानले पत्ता लगाएका छन् ।

निद्रामा घुर्ने मान्छेलाई सास फेर्न समस्या हुनाले मुटुमा दबाब पर्छ र हार्ट अट्याकको सम्भावना बढाउँछ । जंक फूड तथा चिल्लो खानेकुराले पनि रक्तप्रवाहमा बाधा पु-याएर मुटुमा समस्या ल्याउँछन् ।


२०७९ आश्विन ३०, आईतवार ०९:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु