
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको महासचिवमा पुनः नेत्रविक्रम चन्द विप्लव चयन भएका छन्।
कपिलवस्तुको शिवगढीमा सम्पन्न महासधिवेशनले विप्लवलाई पुनः महासचिव चयन गरेको हो। उनको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको केन्द्रीय कार्यालयका सचिव असल क्षेत्रीले बताए।
२०७० सालको संविधान सभा निर्वाचनलाई बहिष्कार गर्दै मोहन बैद्यको नेतृत्वमा नयाँ पार्टी गठन गरिएको थियो। माओवादी छोडेर विप्लव पनि वैद्यसँगै गएका थिए।
त्यसपछि वैद्यसँग विमति राख्दै विप्लवले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरेका थिए। त्यसयता उनी नेकपाको महासचिव रहँदै आएका छन्।
शिवगढीमा सम्पन्न नवौं महाधिवेशनले पुनः उनलाई महासचिव चयन गरेको हो। नेकपा महासधिवेशनले ‘एकीकृत जनक्रान्तिको विचार’लाई नै निरन्तरता दिएको छ।