काठमाडौं : मधेशी आयोगले १४९ वटा जात र मुस्लिम-थारुलाई मधेशीको रुपमा परिभाषित गर्न आफ्नो वार्षिक प्रतिवेदन मार्फत राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

राष्ट्रपति कार्यालयमा पेश गरिएको आयोगको चौथो वार्षिक प्रतिवेदनमा १४९ वटा जात र २२०० भन्दा बढी थरहरुलाई मधेशीको रुपमा पारिभाषित गर्न सिफारिस गरिएको छ ।

आयोगले आफ्नो प्रतिवेदन मार्फत चुरे संरक्षण गरी पानीको स्रोत जोगाउनुपर्ने, स्थानीय पाठ्यक्रममा स्थानीय भाषाको प्रयोग हुनुपर्ने, मधेशी समुदायको आस्थाको केन्द्र रहेको हिन्दु संस्कृति माथि हुने अतिक्रमण रोक्नुपर्ने, हुलाकी राजमार्गको पूर्णता, मधेश प्रदेशका आठ जिल्लाहरुलाई सुक्खा क्षेत्र घोषणा गरी किसानलाई राहत दिनुपर्ने लगायत सिफारिसहरु गरेको एक विज्ञाप्ति मार्फत आयोगले जानकारी गराएको छ । जनकपुरको जानकी मन्दिर, सप्तरीको बलान बिहुल गाउँपालिकामा रहेको लक्ष्मीनारायण मन्दिर लाई विश्व सम्पदा सुचीमा सुचिकृत गर्न आयोगले सिफारिस गरेको छ ।

आयोगले सप्तरी जिल्लाको सखादेश्वरी भगवती मन्दिरको संरक्षण तथा सम्बर्धन, नेपाल-भारत सिमामा देखापरेको विभिन्न आर्थिक तथा सामाजिक समस्याहरुकों यथाशिघ्र निवारण, मिथिला पेंटिंगको अन्तराष्ट्रियकरण, नवलपरासीको त्रिवेणीधाम, कपिलवस्तुको तिलौराकोट लाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न लगायत विभिन्न महत्वपूर्ण विषयहरुमा सिफारिस गरेको छ ।

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले आयोगमा आएको उजुरी उपर आयोगले तुरन्त प्रकृति हेरेर समाधान गर्न तार्फ़ लागेको र कतिपय उजुरीको अनुगमनमा आफै पुगेर स्थानीय प्रहरी-प्रशासनलाई समाधान गर्न निर्देशन समेत दिएको बताउनुभएका छन्।

 

 

२०७९ कार्तिक २, बुधबार १४:२२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय