काठमाडौं : पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्ड विपरितका सम्झौता र संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

कोषले मारवाडी सेवा समिति नेपाल, गौशाला धर्मशाला सञ्चालक समितिको नाममा शुक्रवार सार्वजनिक सूचना जारी गर्दै संरचना हटाउन निर्देशन दिएको हो ।

३५ दिनभित्रमा संरचना नहटाएमा कानून अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने समेत कोषले बताएको छ ।

कोषले गौशाला धर्मशाला सञ्चालन उद्देश्य अनुसार नभएको, विशुद्ध रूपमा गौपालन, नन्दी सेवा तथा तीर्थयात्रीहरूलाई धर्मशाला सञ्चालन मात्रै गरेको हुनुपर्नेमा सम्झौता विपरित काम भएको पाइएको समेत जनाएको छ ।

२०७९ कार्तिक ४, शुक्रबार ०७:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय