जनकपुरधाम : मधेश प्रदेशका निवर्तमान साँसद समेत रहेका धनुषा क्षेत्र नं. १ बाट जनमत पार्टीका प्रतिनिधीसभा सदस्य पदका उम्मेदवार किशोरी साह कमलले स्वयम प्रदेशसभाबाट आवासीय सुविधा नलिने एकमात्र सांसद रहेको कुरा जनतालाई बुझनु पर्ने बताएका छन् ।

यहाँ ईमान्दारको ठाँउ छैन मान्छेले भन्छ उनले भने, ‘मलाई बिश्वास छ यसपालि ईमान्दारको जित हुन्छ हुन्छ ।’

कमलका स्वकीय सचिव महादेव राउतका अनुसार जनकपुरधामको चारैतिर १५ किलोमिटरको परिधि भित्र घर हुने सांसदहरुले आवासीय सेवा सुविधा नपाउने नियम रहेको र धेरै सांसदको घर जनकपुरधाममा रहेपनि आवासिय सुविधा नलिने कमल एक्लो सांसद रहेको छ । सुरुको चार पाँच महिनाको आवासीय सुविधा सहितको तलव सांसद कमलको खातामा आइसकेको थियो उनले भने, ‘ सांसद ज्यूले पछि प्रदेशसभामा बुझेपछि आफु नियमानुसार आवासीय सुविधा नलिने भन्दै आएको पैसा पनि फिर्ता गर्न लगाएका हुन ।’

जनताले यस्ता कुराहरु बुझेर मतदान गर्नुपर्ने उनले बताए । प्रदेश र प्रतिनिधीसभाको निर्वाचन घोषणा भएकै दिन कमलले पार्टीको सचेतकका रुपमा पाएको सवारी साधन समेत फिर्ता गरिदिएका थिए । उनको चुनावीसभामा सोमवार पार्टी अध्यक्ष डा. सिके राउत सबैला आएको र सो सभामा व्यापक भिडभाड देखिएको थियो । कमलले आफु ईमान्दारिताको राजनिति गर्दै आएको र कुनै पनि परिस्थितीमा गरिरहने बताए ।

२०७९ कार्तिक २२, मंगलवार १८:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय