
धनुषा : सोमबार देखि सुरु भएको जगतगुरु तत्वदर्शी संत रामपालजी महाराजको सान्निध्यमा धनुषा जिल्लाको मिथिला नगरपालिका-२ बेलाचापी स्थित सतलोक आश्रम धनुषामा दिव्य धर्म यज्ञ दिवस एवम् विशाल भण्डारा, रक्तदान एवं दाइजो रहित विवाह कार्यक्रम सफलतापुर्वक सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा शुद्ध घ्युमा पाकेको जुलेबी, लड्डु तथा हलुवा प्रसाद आदीको अटुट भण्डाराले सबैलाई तृप्त गराउनुका साथै महान संतको आशिर्वचनका साथ ३ नव जोडी को दाइजो तथा आडम्बर रहित विवाह (रमैणी) पनि गराएको थियो ।
संत रामपाल जी महाराजका अनुयायीहरुले बडो उत्साहित भएर २९० युनिट रक्तदान समेत गरिएको छ ।
नेपालको कुनाकुना बाट एवम् भारत सिक्किम लगायत विभिन्न ठाउँ बाट सहभागी भई भण्डार ग्रहण गर्ने भक्त एवं सामान्य नागरिकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
उक्त सामारोहमा सतभक्ति गरी मोक्ष चाहना गर्ने २०० जनाले सन्त रामपालजी महाराजको सान्निध्यमा मोक्षमन्त्र (नामदान) ग्रहण गरेको थियो ।
लाखौंको उपस्थिति भएपनि शान्तिपुर्वक सम्पन्न भएको यस समारोहको प्रसंसा सवै सहभागीहरुले खुला मनले गरेका थिए ।
आजभन्दा ५०९ वर्ष पहिले कबीर साहेबजीले ३ दिनको विशाल अटुट भण्डाराको आयोजन गर्दैछन् तथा हरेक पटक भोजन ग्रहण गरेपछि एउटा सुनको सिक्का र कम्बल पनि दिन्छन् भनेर उनका विरोधीले गलत खबर फैलाएर निमन्त्रणा पत्र पनि चारैतिर पठाइदिएका थिए । गलत खबर पाएर अचानक ३ दिन सम्म भण्डारा खानका लागी १८ लाख सधु संत तथा अन्य मानिसहरु परमेश्वर कबीरजीको द्वार तथा नगरमा आईपुग्दा तत्कालै कबीरजीले केशव नामको लीलामय अन्य रुप बनाएर नौ लाख गोरुहरुमा बनिबनाउ भोजन पकवानहरु सतलोक बाट ल्याएर १८ लाख मानिसहरूलाई ३ दिन सम्म तृप्त गराएका थिए ।
हरेक पटक भोजन ग्रहण गरेपछि एउटा सुनको सिक्का र कम्बल दिने गरेको थियो । यसै चमत्कारी शुभ दिनको उपलक्ष्यमा यो दिव्य धर्म यज्ञ दिवस मनाइएको कुरा संत रामपाल जी महाराज का अनुयायीहरुले बताए ।
लाखौंको उपस्थिति भएपनि अत्यन्तै व्यवस्थित र सौहार्द्पूर्ण वातारण रहेको कुरा देखेर मधेश प्रदेशका मन्त्री सत्रुधन महतो तथा स्थानीयहरुले प्रसंसा व्यक्त गरे ।