गोविन्द महतो,

जनकपुरधाम : आसन्न प्रतिनिधि प्रदेशसभा निवाचनका लागि धनुषाको जनकपुरधाम सहित जिल्लाको बिभिन्न तीन स्थानमा नमूना मतदान गराईएको छ । धनुषाको जनकपुरधाम १४ मुजेलियाको चाँदनी चोक, धनुषाधाम नगरपालिकाका ४ जुगेश्वरपुरमा नमूना मतदान गराईएको हो ।

समग्र विकास सेवा केन्द्रको आयोजनामा जनकपुरधाम १४ स्थित भएको नमूना मतदानमा मतदानको सबै प्रक्रिया पुरा गरेर नमूना मतदान गराईएको थियो । मतदातमा महिला पुरुष गरी एक सय ५५ जना सहभागि भए । सही तरिकाले मतदान होस् भन्ने सन्देश प्रवाहका लागि नमूना मतदान गराइएको नमूना मतदान अधिकृत सम्झना कुमारी राउतले बताईन् । ‘मतदान सही होस्, कम भन्दा कम मत बदर हुन् र निर्वाचन आइसकेको सन्देश प्रवाहका लागि नमूना मतदान गराइएको हो,’ राउतले भनिन, ‘यसबाट एउटा म्यासेज जाने अपेक्षा छ । विशेषता दलित बस्तिलाई टार्गेट गरेर मतदान गराएका हौं, अज्ञानताको अभावले हुने मत बदरको संख्या कम गराउन नमूना मतदान गरिएको हो ।’

मतदानमा सहभागी केही मतदानको सम्पूर्ण प्रक्रियामा अलमलिएका थिए । उनीहरुलाई कर्मचारीले सहजीकरण गरी मतपत्र लिने, मतदान गर्ने, मतपत्र पट्याउने देखि बाकसमा खसाउने र बाहिर निस्कने सम्मको प्रक्रियाका बारेमा मतदानमा सहभागीलाई सिकाइएको थियो ।

मतदानमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक दुई, खुला सदस्यमा दुई र प्रदेशसभा सदस्यमा प्रत्यक्ष र समानुपातिक दुई गरी चार वटा ब्यालेटमा मतदान गर्न सिकाएर नमूना मतदानमा सहभागि गराएको अधिकृतको भूमिका निर्वाह गरेकी राउतले जानकारी दिईन् । नमूना मतदान गरेका वडा अध्यक्ष पुण्यप्रताप यादवले नमूना मतदान निर्वाचनको झ–झल्को दिने गरी भएको बताए ।
‘मतदानका दिन के–के गर्नुपर्छ, मतदाताले कसरी मत हाल्नुपर्छ भन्ने जानकारी दिने उद्देश्य सहित नमूना मतदान कार्यक्रम गरिएको हो, समग्र विकास सेवा केन्द्रका संयोजक बीरेन्द्र रविदासले भने, ‘यसले मतदाता शिक्षालाई प्रभावकारी बनाउने विश्वास लिएका छौँ ।’ मत बदर कम गराउन सचेतनामूलक कार्यक्रम आवश्यक रहेको बताए । स्थानीय तहको निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष बनाउन मतदातालाई निर्भिकतापूर्वक मतदान स्थलसम्म पुग्ने वातावरण निर्माणका लागि सरोकारवाला प्रयत्न रहनुपर्नेम जोड दिए ।

मतदानका दिन गरिने सबै प्रक्रियाका बारेमा सर्वसाधारणलाई जानकारी दिन नमूना मतदान गरिएको जानकारी दिन मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले राजनीतिक दल र उम्मेदवारले घरदैलो अभियानका क्रममै मतदातालाई मत हाल्ने तरिकाबारे सिकाउन आवश्यक रहेको बताए ।

यसैगरी धनुषाधाम ४ का वडा अध्यक्ष मनोज कुमार यादवले नमूना मतदानले दलित तथा विपन्न वस्तिका व्यक्तिहरुको लागि मत सदरमा भरपर्दाे सावित हुने विश्वास व्यक्त गरे । उनले भने, ‘नमूना मतदान अज्ञानता भएको हरेक बस्तिमा गराउनु पर्छ, राजनीतिक दलले मत माग्छ तर मत खसाल्न नजान्दा वर्षेनी म तबदर हुने गरेको छ ।’ मतदानमा १ सय ५५ जना मतदाता मध्ये १ प्रतिशत मत बदर भएको कार्यक्रम संयोजक बीरेन्द्र रविदासले जानकारी दिए ।

२०७९ कार्तिक २६, शनिबार १६:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय