बिहानै उठेर धेरै जनाको बानी चिया पिउने हुन्छ । कतिपयले त बेडमै चिया पिउँछन् ।

तर, बिहान उठ्नेबित्तिकै सबैभन्दा पहिलो मनतातो (गरम) पानी पिउनुहोस् । बिहान उठ्नेवित्तिकै गरम पानी पिउनुका धेरै फाइदा छन् ।

जसमध्येका केही फाइदा यहाँ उल्लेख गरिएका छन्,

– बिहानै गरम पानी पिउनाले शरीरको रक्तसञ्चार सन्तुलित र नियमित हुन्छ,

– बिहानै मनतातो पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ,

– तपाईंलाई भोक नलाग्ने तथा अरुची हुने समस्या छ भने बिहानै मनतातो पानीमा कागतीको रस, मरिच र नुन हालेर पिउने गर्नुहोस् । यसले तपाईंमा भोक जगाउँछ,

– बिहानै मनतातो पानी पिउनाले कब्जियतको समस्याबाट पनि छुट्करा पाइन्छ । साथै, मनतातो पानीसँग एक दाना स्याउ पनि खान सकिन्छ,

– तपाईंमा जोनी दुख्ने समस्या छ भने पनि बिहान खाली पेट मनतातो पानी पिउँदा राहत मिल्छ,

– बिहानै मनतातो पानी पिउँदा छाला तथा अनुहारमा देखिएको चाउरीपना पनि हटेर जान्छ,


२०७९ कार्तिक २९, मंगलवार ०८:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु