
काठमाडौं : बर्दियाको गुलरियास्थित एक मतदानस्थल नजिक बम विस्फोट भएको छ ।
आइतबार बिहान गुलरिया नगरपालिका–१ शम्भुशरण मावि खैरापुर मतदान केन्द्रनजिक बम विस्फोट भएको हो । बम विस्फोटपछि केहीबेर मतदान रोकिएको थियो ।
बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले मतदान केन्द्रनजिक सुतली बम विस्फोट भएपछि केहीबेर रोकिएको मतदान पुनः सुचारु भइसकेको जानकारी दिए । ‘ मतदानस्थलबाट केही पर सुतली बम विस्फोट गराइएको रहेछ , अहिले मतदान सुरु भइसकेको छ,’ उनले भने।
बम विस्फोटमा संलग्नहरुको खोजी भइरहेको पनि उनले जानकारी दिए ।