काठमाडौं : दाङको तुलसीपुरमा रोकिएको मतदान फेरि सुरुवातबाटै मतदान हुने भएको छ ।

आइतबार बिहान तुलसीपुर–१० को पातुबनगाउँको मतदान केन्द्रमा कर्मचारीको गल्तीका कारण स्थगित भएको मतदान पुनः सुरुदेखि नै हुने भएको हो ।

मतदान केन्द्रका कर्मचारीले सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै पठाइएको थापा पाएपछि मतदान स्थगित भएको थियो ।

गल्ती थाहा पाउने बेलासम्म ४२ जनाले मतदान गरिसकेको बताइएको छ । छलफलपश्चात पुनः मतदान सुरु गर्ने सहमति भएको हो ।

भोट हालेर घर गएकाहरुलाई फेरि बोलाएर मतदान सुरु गरिने मतदान अधिकृत पुष्पलता घर्तीले जानकारी दिइन् । उनका अनुसार मतदान दिउँसो १ बजे सुरु हुने छ ।

२०७९ मंसिर ४, आईतवार १३:०८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय