
काठमाडौं : काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जित निश्चित भएको छ।
काठमाडौं ४ को ४८७१ मत मात्र गणना गर्न बाँकी रहँदा गनगले ५ हजार बढी मतको अग्रता लिएकाले उनको जित निश्चित भएको हो।
ताजा अवस्थामा गगनले १९०१४ मत ल्याउँदा एमलोका राजन भट्टराईले १३०२७ मत ल्याएका छन्। यस्तै, राप्रपाका ठाकुरमोहन श्रेष्ठले ३११८ मत ल्याएका छन्।
गगन यसअघि पनि सोही क्षेत्रका निर्वाचन भएका थिए । २०७४को निर्वाचनमा पनि गगनले भट्टराईलाई नै पराजित गरेका थिए।