
काठमाडौं : काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सोविता गौतम निर्वाचित भएकी छन् । बुधबार विहान सकिएको मत गणनामा गौतम १५ हजार २२९ मतका साथ निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मणिराम फुयालले ११ हजार ५५५ मत पाएका छन् भने राप्रपाकी कुन्तीकुमारी पोखरेलले ११ हजार १४ मत पाइन् ।
सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादी केन्द्रकी ओनसरी घर्ती मगरले ९ हजार ४४९ मत पाएकी छन् ।