
बर्दिबास : महोत्तरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ मा एमालेका उम्मेदवार लक्ष्मी महतोको अग्रता कायमै रहेको छ ।
२७५११ मतगणना हुँदा लक्ष्मी महतो १०८७१ मत प्राप्त गरेका छन् । त्यस्तै मावोबादी केन्द्रका उम्मेदवार गिरिराजमणी पोख्रेलले ९३०७ मत प्राप्त गरेका छन् । पोख्रेल १५६४ मतले पछाडी रहेका छन् ।
त्यस्तै, जनमत पार्टीका उम्मेदवार राजकिशोर साहले २४२९, स्वतन्त्र उम्मेदवार पोषण थापाले १४२१ मत प्राप्त गरेका छन् ।
गौशाला नगरपालिकाको वडा नं १ देखि १२ सम्मको मत गणना सम्पन्न भएको छ ।