(नेकपा माओवादी केन्द्रका नेता गरिराजमणि पोखरेलसंग जितपछि फोटो खिचाउँदै भरत साह)

महोत्तरी : मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद साह विजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका भरत प्रसाद साह विजयी भएका हुन् ।

महोत्तरीको क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार साहले ८ हजार ३ सय ७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटत्तम प्रतिद्वन्दी नेकपा एमाले तथा जसपा गठबन्धनका उम्मेदवार रामश्रेष्ठ महतोले ५ हजार ७ सय ७१ मत ल्याएर पराजय भोग्नु परेको छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका विद्रोही विष्णुबहादुर योञ्जनले स्वतन्त्रबाट ४ हजार ६ सय ११ र जनमत पार्टीका विक्रम साह तेलीले २ हजार ८ सय ३० मत प्राप्त गरेका छन् ।

 

२०७९ मंसिर ८, बिहीबार २१:३३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय