जनकपुरधाम : धनुषाको क्षेत्र नं. ३ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार विजयी भएकी छिन् ।

एमाले जसपा गठबन्धनका उम्मेदवार जूली कुमारी महतो ९ हजार ६ सय ६९ मतान्तरले लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल कुमार झालाई पराजित गरेका हुन् ।

जसपा एमाले गठबन्धनका महतोले ३३ हजार ३ सय ५५ मत ल्याएर विजयी भएका हुन् । भने उनका निकटत्तम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिल झाले २३ हजार ६ सय ८६ मत ल्याएर पराजित व्यहोर्नु परेको हो ।

यस अघि धनुषा क्षेत्र नं. ३ बाट लोसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले नेपाली काँग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए । तर यस वर्ष विमलेन्द्र निधि समानुपातिक र राजेन्द्र महतो गृह जिल्ला सर्लाही गएपछि रौतहटबाट अनिल झा जूलीसंग चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।


२०७९ मंसिर ९, शुक्रबार ०७:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय