
जनकपुरधाम । एमाले- जसपा गठबन्धनको तर्फबाट धनुषा क्षेत्र नं. १ (ख) मा नेकपा एमालेका नेता रामचन्द्र मण्डल विजयी भएका छन् ।
संघीयता, समाजवाद, समृद्ध विकास निर्माणका लागि वकालत गर्दै आएका वाम गठबन्धनका उम्मेदवार मण्डल १३ ३ हजार १ सय ९७ मतान्तरले प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार संजय सिंहलाई पराजित गर्दै विजयी भएका हुन् ।
एमालेका मण्डलले १३ हजार ५ सय ९४ मत ल्याएर विजयी भएका हुन् भन् उनका निकटत्तम प्रतिद्वन्दी लोकसपा नेपालका संजय सिंहले १० हजार ३ सय ९७ मत ल्याएर पराजय भोग्नु परेको हो । यसैगरी जनमत पार्टीले ९ हजार १ सय ४१ मत ल्याएर तेश्रो स्थानमा सिमिति हुन पुगे ।
को हुन मण्डल ?
निर्वाचित नेता मण्डललाई ‘मास्टर साहेव’ भनेर चिन्ने गरिन्छ । उनी आफु कक्षा १२ मा पढ्दै गर्दा कक्षा १२ कै विद्यार्थीहरुलाई पढाउने उनको अदभुत शक्ति देखेर उनलाई सबैले ’मास्टर साहव’ भनेर बोलाउथे । जुन आज सम्म पनि कायम छ ।
जनयुद्धकालमा शिक्षक पेशामा आवद्ध भएका भएका कारण उनको सुपरिचित नाम ‘मास्टर साहब’ रहेकोले सबैले उनलाई सोही नामले बोलाउने गरेको छ । उनलाई सो क्षेत्रमा शिक्षाको मर्यादापालक भनेर समेत चिन्निछ ।
बुवा परमेश्वर मण्डल र आमा नाम शितल्ली देवी मण्डलको कोखबाट बिसं. २०३० साल श्रावण १७ गते धनुषाको परशुराम तलाउ (हाल मिथिलाविहारी नगरपालिका) धनुषामा जन्मेको मण्डल न्यून मध्यमवर्गीय परिवारमा हुर्केका कारण सानै देखि अन्याय अत्याचार तथा निमुखा तथा अन्याय अत्याचार विरुद्ध संंघर्ष गर्दै आएका मण्डलले स्नातकोत्तर गरेका छन् ।
उनी २०४६ सालमा तत्कालिन नेकपा मालेको गाउँ कमिटीको सचिव हुदै २०५४ देखि ०६० साल सम्म शिक्षण पेशामा आवद्ध रहे । मण्डल २०५९ सालमा नेकपा माओवादीमा प्रवेश गरी भूमिगत भएक थिए । अखिल नेपाल शिक्षक संगठनका संस्थापकको रुपमा कार्य जिम्मेवारी पूरा गर्दै मण्डल २०६३ सालमा नेकपा माओवादीको जिल्ला ईन्चार्ज, सेक्रेटरी, केन्द्रिय सदस्य, पोलिटब्यूरो सदस्य हुदै सचिवालय सदस्य भएका थिए ।
२०६४ को प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएपछि माओवादी केन्द्रका संसदीय दलका नेता भएका थिए । वाम गठबन्धनबाट निर्वाचित भएका मण्डल एमाले र माओवादीको विभाजनसंगै एमाले रोज्दा उनको सांसद पुद गुमेको थियो ।