जनकपुरधाम : महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट जनता समाजवादी पार्टीका नेता सरोज कुमार सिंह कुशवाहा विजयी भएका छन् ।

नेपाल कम्युनिष्ठ पार्टी माओवादी केन्द्रका नेता लालेन्द्र मण्डललाई १ हजार ५ सय ५९ मतान्तरका साथ सरोज कुमार सिंह कुशवाहा निर्वाचित भएका हुन् । कुशवाहाको यो दोश्रो जित हो ।

जसपा नेपालका नेता कुशवाहाले कूल ११ हजार ७ सय ८६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटत्तम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार लालेन्द्र मण्डलले १० हजार २ सय २७ मत ल्याएर विजयी भएका हुन् ।

उनी यस अघि जसपा नेपालबाट मधेश प्रदेशका आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

saroj singh kushwaha2

२०७९ मंसिर ९, शुक्रबार ०९:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय