
काठमाडौं : जनता समाजवादीका नतो राजकिशोर यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
उनी सिराहा क्षेत्र नं. २बाट कांग्रेस नेतृ चित्रलेखा यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका हुन्।
राजकिशोरले २४१७८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी चित्रलेखाले २३२८ मत प्राप्त गरिन्। यस्तै, जनमत पार्टीका विनोदकुमार यादवले १६९०२ मत प्राप्त गरे।