
जनकपुरधाम : मधेश प्रदेशमा भोलि (सोमबार) सार्वजनिक विदा रहेको छ ।
सीताराम विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।
मधेशका मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन् ।
साताव्यापी रुपमा मनाईने विवाहपञ्चमी महोत्वस अन्तर्गत आज (आईतबार) मटकोर रहेको छ भने भोली (सोमबार विवाहपञ्चमी र पर्सी (मंगलबार) अन्तिम दिन रहेको छ ।