जनकपुरधाम : जनकपुरधाममा एकै समारोहमा २६ जोडीको विवाह सुसम्पन्न भएको छ ।

जनकपुरधामलाई वैवाहिक गन्तब्यका रुपमा विकास र प्रचार प्रसार गर्न विवाह पञ्चमीको अवसरमा बिश्व हिन्दु परिषद नेपालद्वारा प्रत्येक वर्ष आयोजना हुन थालेको सामुहिक विवाह समारोहमा यस वर्ष पनि २६ युवायुवतीको जोडीको विवाह एउटै समारोह र मण्डपमा भएको छ ।

विवाह पञ्चमीमा भगवान श्री सिताराम जीको विवाह भएकै मण्डपमा उनीहरुको विवाह हुने गरेको छ । विगत चारवर्ष देखि भइरहेको सामुहिक विवाहको उद्देश्य जनकपुरधामलाई बिश्वकै उत्कृष्ट वैवाहिक गन्तब्यको रुपमा पर्यटनको विकास, दहेज उन्मुलन सहितको रहेको आयोजकको भनाई छ ।

जनकपुरधामको हुनेखाने स्थानियहरुसंग सहयोग संकलन गरि मिथिलाको विवाहमा बेहुलीलाई उपहार स्वरुप दिइने मंगलसुत्र, बिछाओन, लत्ताकपडा सहितको व्यवस्थापन आयोजकले नै गर्ने गरेको छ । यस्ले गरिव विपन्नहरुको पनि विवाह धार्मिक, समाजिक र प्रतिष्ठित रुपमा हुने आयोजकको भनाई छ । विवाहका लागि योग्य उमेर पुगेकालाई विवाह गराइने यस कार्यक्रमले समाजिक भाइचारामा पनि विकास हुने बताइएको छ ।

२०७९ मंसिर १४, बुधबार ०७:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय