
गोविन्द महतो / जनकपुरधाम
नेकपा एमालेका सचिव रघुवीर महासेठले सरकार निर्माण भएको तीन महिना भित्र जन्मसिद्धका नागरिककता सन्तानले नागरिकता नपाए मधेश र देशमा आन्दोलन गर्ने चेतावनी दिएको छ । उनले भने, ‘जन्मसिद्धका नागरिकका सन्ताले नागरिकता अनिवार्य पाउनुपर्छ । जुनसुक्कै सरकार बनोस् तर सरकार बनेको तीन महिना भित्र नागरिकता समस्या सामाधान भएन भने देशव्यापी आन्दोलन गर्छौ, मधेश मात्र हैन, देशभरि आन्दोलन गर्छौ ।’
धनुषाको निर्वाचन क्षेत्र नं. ४ मा बाट निर्वाचित महासेठले सत्ताको आडमा पाँच दलीय गठबन्धनले ठाउँ ठाउँमा गरेको शासन प्रशासनको दुरुपयोगबाट जिताउने खेल भएको आरोप लगाए । उनले धनुषा क्षेत्र नं. २ मा प्रत्यक्ष तर्फको मत समानूपातिक ब्यालेटमा खसे बदर हुने कानूनी प्रावधानलाई लत्याएर सत्ता गठबन्धनको उम्मेदवार जिताउनेलाई कानूनी उपचार खोज्ने बताए ।
उनले भने, ‘सत्ता र शासन प्रशासनको आडमा ठाउँ ठाउँमा धाधली भएको छ । उदाहरण धेरै ठाउँको छ, त्यसैले कानूनी लडाई लड्ने स्थानमा कानून सम्वत जितको लागि अदालत जान्छौं ।’ पत्रकारको एक जिज्ञासामा प्रभु साहले माओवादी भाड्न र षडयन्त्र पूर्व फोडन आएको आरोप लगाउँदै प्रभु साहले एमालेलाई केही गर्न नसक्ने बताए ।
प्रेस चौतारी नेपाल धनुषाका अध्यक्ष अवधेश कामतको अध्यक्षतामा भएको पत्रका सम्मेलनमा महासेठले सरकार गठनका लागि वाम गठबन्धनको समीकरण बनाउने चर्चा निराधार रहेको बताउँदै एमाले दोश्रो ठूलो दल बनेकोमा पाँच दलीय गठबन्धनले गरेको निर्णयको आधारमा विचार र सिद्धान्त मिल्ने शक्तिसंग मात्र अगाडि बढाउने बताए ।
माओवादीसँग तालमेलको कुनै योजना नरहेको महासेठले बताउँदै ‘वामपन्थीहरुको नेता शेरबहादुर देउवा हुन सक्दैनन् तर प्रचण्डजी उनकै शरणमा पुगेकोले त्यस्ता वामपन्थी कहलाउनेसँग तालमेल गर्ने हुन सक्दैन ।’