
काठमाडौं : धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई घेराबन्दीमा पार्न खोजिएको बताएका छन् ।
उनले यस्तो कार्यको विरोध गर्दै अब स्वतन्त्रहरु एक बन्ने बेला आएको बताएका छन् ।
‘कथाले माग्यो अब स्वतन्त्रहरु एक बन्ने बेला आएको छ । स्वतन्त्र मेयर बालेन शाहलाई जुन किसिमले घेराबन्दीमा पारिएको छ । त्यो निन्दनीय छ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
यस्तो बेला अरुले जे गरेपनि आफ्नो भने बालेनलाई साथ रहने साम्पाङको भनाइ छ ।