सप्तरी : लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियानअन्तर्गत दैनिक कार्यक्रम गर्दै आएको मूल समारोह समितिले बुधबार राजविराजमा लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमका वक्ताहरुले हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन् ।

कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले सबै तह, क्षेत्र र संरचनामा लैङ्गिकमैत्री वातावरणको निर्माण गरिनु पर्ने बताउनु भयो । समृद्ध समाजका लागि समान अग्रसरता र नेतृत्वदायी भूमिका जरुरी रहेको र त्यस्का लागि मानसिकता परिवर्तन हुनुपर्ने उहाँले बताउनु भयो ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले महिला हिंसा अन्त्यको लागि घरबाटै छोरा र छोरीबीचको विभेदको अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले सामाजिक सुरक्षालाई विशेष महत्व दिएर समानता कायम गर्नुपर्ने धारणा राख्नु भयो ।

 आसमान नेपालका रेणु सिंहको अध्यक्षता र शान्ता सिंहको स्वागत पछि सुरु भएको कार्यक्रममा राजविराज नगरपालिकाकी अनीता चौधरी, सामुदायिक सेवा केन्द्रका सचिव संजय शर्मा, सहयोगी समाजका रामप्रकाश चौधरी, मिलाफकी अध्यक्ष रमिला साह, थारु महिला समन्वय समतिका अध्यक्ष चन्द्रकला चौधरी, प्याब्सन मधेस प्रदेशकी उपाध्यक्ष रिभा मिश्रले शुभकामना मन्तव्य राखनु भयो ।

कार्यक्रममा लैङ्गिक हिंसा बिरूद्ध अभियानमा संलग्न अधिकारकर्मीहरुलाई आसमान नेपालले सम्मान गरेको थियो । आसमान नेपालको संयोजनमा भएको अन्तरक्रिया कार्यक्रम अघि हिंसा विरुद्धको प्लेकार्डसहित निक्लिएको जुलुसले नगर परिक्रमा गरेको थियो ।

२०७९ मंसिर २१, बुधबार १९:०१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय