गुलावको सुगन्ध: दैनिक गुलावको फूलको सुगन्ध लिँदा तपाईँमा सकरात्मक सोच र ऊर्जा तरंगित हुने गर्छ। एक सातासम्म गुलावको ताजा फुल टिप्ने गाँउलेहरु निकै ऊर्जाशिल र चिन्तामुक्त भएको हावर्डको एक रिसर्चले देखाएको छ।

बुद्धिमानीपूर्वक खर्च: सन् २०१४ मा गरिएको एक अध्ययनमा जीवनभरसम्म स्मरण हुने सातामा एक पटक गरिने यात्राले भौतिक सुःखका लागि सामग्री किनमेल गर्दा हुने खुसीलाई बिर्साइदिने सान फ्रान्सिस्को स्टेट युनिर्भसिटीका अनुसन्धानकर्ताहरुले देखाएका छन्।

भिटामिन डी: भिटामिन डीयुक्त खानेकुराको नियमित सेवनले तनाबबाट मुक्ती मिल्छ। सन् २०१२ मा १२ सय बढी मानिसहरुमा गरिएको एक अध्ययनमा भिटामिन डीको मात्रा कम हुनेमा डिप्रेसनको बढी खतरा देखिएको खुलासा भएको थियो।

नियमित काम: २० वर्षदेखि ४० वर्षको उमेरमा सातामा तीन पटकसम्म पसिना आउने गरी काम गरेमा पनि १६ प्रतिशत डिप्रेसन घट्ने गत वर्ष जेएएमए साइक्याट्रियाले खुलासा गरेको अध्ययनमा उल्लेख छ।

फेसबुकबाट मुक्त: फेसबुकमा रहने मानिस पनि डिप्रेसनको रोगी हुने भएको, खुसी र सन्तुष्टिमा कटौती भएकोले यसबाट बहिर्गमन भएमा निराशबाट मुक्ति पाउन सकिने युनिर्भसिटी अफ मिचिगनले देखाएको छ।

२०७९ मंसिर २५, आईतवार ०८:०६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय