काठमाडौं : गीतको मामलामा ‘लक्की’ अभिनेत्री हुन्, स्वस्तिमा खड्का । उनी नेपाली फिल्ममा अभिनेत्रीको स्थापित हुन गीतकै ठूलो योगदान छ । जति बेला उनी आफूलाई चिनाउन संघर्ष गरिरहेकी थिइन्, त्यसबेला ‘कुटुमा कुटु’ गीतले उनको सपना पूरा गरेको थियो । यो गीत उनको करिअरका लागि सञ्जीवनी बुटी सावित भएको थियो । आज पनि धेरै दर्शकले उनलाई यही गीतका कारण चिन्दछन् ।

‘कुटुमा कुटु’ गीतले यूट्युबमा ऐतिहासिक रेकर्ड समेत बनाएको छ । ३ करोड पनि जनसंख्या नभएको देशमा यो गीतले युट्युबमा मात्र १८ करोड बढी भ्यूज पाइसकेको छ । सम्भवतः अबको एक/डेढ वर्षमा यो गीतको भ्यूज २० करोड पुग्नेछ । यस्तैमा, स्वस्तिमा अभिनीत फ्लप फिल्म ‘घामड शेरे’को ‘साली मन पर्‍यो’ गीतले पनि युट्युबमा १० करोडभन्दा बढी भ्यूज पाउन सफल भएको छ ।

‘साली मन पर्‍यो’ गीतलाई १० करोड भ्यूज मिलेपछि स्वस्तिमाले आफ्नो करिअरमा संगीतको महत्व सधैं महत्वपूर्ण रहेको बताएकी छन् । उनले फेसबुकमा लेखेकी छन्, ‘सबै खाले दर्शकमा पुग्नका लागि यो विधा अत्यन्त सहायकसिद्ध हुने रहेछ । मलाई आज पनि कति दर्शकहरुले मैले अभिनय गरेको चलचित्रले भन्दा मेरो नृत्य रहेको चलचित्रका गीतहरूका कारणले चिनेको अवस्था छ ।’

‘कुटुमा कुटु’ र ‘साली मन पर्‍यो’ मात्र होइन, स्वस्तिमाले नृत्य गरेका ‘माया ओई ओई’, ‘उम्लियो भने पोखिन्छ’, ‘दैवले देको भाग्यले पाको’, ‘मोटरसाइकलमा’, ‘पहिलो नम्बरमा’ जस्ता गीतले पनि युट्युबमा उल्लेख्य भ्यूजसहित लोकप्रियता कमाएका छन् । युट्युबमा सबैभन्दा बढी करोड भ्यूज गीत दिनेमा स्वस्तिमाको नाम अग्रस्थानमा आउँछ । यसकारण उनलाई गीत गज्जबै फापेको देखिन्छ ।


२०७९ मंसिर २५, आईतवार ०८:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु