
जनकपुरधाम: धनुषामा विंङ्गर र मोटरसाइकल एकापसमा जुध्दा मोटरसाइकलमा सवार एक युवकको घटनास्थलमै मृत्यु भएको छ , भने मोसामै सवार दोश्रो युवकको अवस्था गम्भीर रहेको छ।
धनुषाको बिरेन्द्रबजार महिनाथपुर सडकखण्डमा विंङ्गर र मोटरसाइकल एकापसमा जुध्दा मोटरसाइकलमा सवार एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने मोसामै सवार दोश्रो युवकको अवस्था गम्भीर रहेको छ।
ना.५ज.८४४० नम्बरको विंङ्गरले ज.११ प.५४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा दुर्घटना भएको हो।
बिरेन्द्रबजार सडकखण्डको सवैला नगरपालिका १० सिमरारी र शहिदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा दुर्घटना भएको हो।
बुधबार सांझ लगभग ७ बजे उक्त दुर्घटना भएको हो भने दुर्घटनामा ज्यान गुमाएका र गम्भीर अवस्थामा रहेको ब्यक्तिको ब्यहोरा अहिले खुल्न नसकेको खरिहानी चौकीले जनाएको छ ।
घटनामा परेको दुबैलाइ प्रादेशिक अस्पताल जनकपुर पठाइएको खरिहानी चौकिले बताउनुभएको छ।