
नेपालवाणी / जनकपुरधाम
मधेश प्रदेशमा नेपाली काँग्रेस संसदीय दलको नेताको लागि दुई जनाले उम्मेदवारी दिएको छ ।
जनकपुरधाम स्थित मधेश प्रदेश पार्टी कार्यालयमा हुन लागेको निर्वाचनमा कृष्ण प्रसाद यादव र रामसरोज यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
कृष्ण पार्टीका प्रदेश सभाति हुन् भने रामसरोज निवर्तमान संसदीय दलका नेता हुन् ।
निर्वाचन तालिका अनुसार बिहान ९ बजेदेखि १० बजेसम्म चलको मनोनयन दर्तामा दुबैजनाले मात्र उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिका संयोजक चन्द्रशेखर यादवले जानकारी दिए ।
मतदान दिउँसो ३ देखि ४ बजेसम्म हुने कार्यतालिका रहेको छ ।
मधेश प्रदेशसभाको दोश्रो ठूलो दल काँग्रेसको २२ जना संसद छन् ।
नेपाली काँग्रेसको प्रदेश सभापतिका लागि भएको निर्वाचनमा समेत यीनै दुई जना प्रतिस्पर्धी रहेका थिए ।