गोविन्द महतो / जनकपुरधाम ।

मधेश प्रदेशको नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले पद तथा गोपनियताको शपथ लिएका छन । प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्द बहादुर न्यौपानेले नव निर्वाचित प्रदेशसभा सदस्यहरुलाइ शपथ ग्रहण गराएका हुन । शपथ लिन बाँकी रहेका प्रदेशसभा सदस्यहरु मध्ये १ सय ४ जना प्रदेशसभा सदस्यहरुले शपथ ग्रहण गरेका छन भने २ जना प्रदेशसभा सदस्यहरुको शपथ ग्रहण रोकिएको छ ।

मधेश प्रदेशसभाको प्रदेशसभा सचिवालयले मधेश प्रदेशमा सबैभन्दा बढी ५३ जना प्रदेशसभा सदस्यहरुले नेपाली भाषामा शपथ लिएका छन । ४९ प्रदेशसभा सदस्यहरुले मातृभाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

बज्जिका भाषामा १३ जना अभिराम शर्मा, उपेन्द्र महतो, कृष्णप्रसाद यादव, कौशल किशोर राय, जंगीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रानी शर्मा तिवारी, रुपा कुमारी यादव, बीरेन्द्र प्रसाद सिंह, सकुन्ती देवी र शोभा देवीले शपथ लिएका हुन ।

मैथिली भाषामा ११ जना किरण कुमारी, कुमर कान्त झा, जिवछी कुमारी यादव, मनिष कुमार सुमन, ममता देवी मण्डल, राज कुमार गुप्ता, राम अशिष यादव, रामचन्द्र मण्डल, रामसरोज यादव, शेषनारायण यादव, संजय कुमार यादव र सतिश सिंहले मैथिली भाषामा शपथ लिएको छ ।

७ जना प्रदेशसभा सदस्यहरुले भोजपुरी भाषामा शपथ लिएका हुन । जैनब खातुन, बच्चा राउत अहिर, रमेश प्रसाद कुर्मी, शारदा दास पहाडी, शेख अबु कलाम आजाद, सरोज कुमार यादव र सिंगासन सा कलवारले भोजपुरी भाषामा शपथ लिएका हुन । थारु भाषामा राजकुमार लेखी, राजेन्द्रप्रसाद चौधरीले शपथ लिएका हुन् ।

मगही र हिन्दी भाषामा २÷२ जना प्रदेशसभा सदस्यहरुले शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ । भरत प्रसाद साह तथा सरोज कुमार सिंह मगहीमा र जितेन्द्र सोनल तथा सुरिता साहले हिन्दी भाषामा शपथ लिएका हुन । उर्दु भाषामा एक मात्र प्रदेशसभा सदस्य विमला अन्सारी तरन्नुमले शपथ लिएकी छिन ।

मधेशी भाषामा शपथ

जनमत पार्टीका नवनिर्वाचित प्रदेशसभा सदस्यहरुले विवाद बिच मधेशी भाषामा शपथ लिएका छन् । जनमत पार्टीका १३ जना प्रदेशसभा सदस्यहरुमध्ये १२ जना प्रदेशसभा सदस्यहरुले मधेशी भाषामा शपथ लिएका हुन । जनमत पार्टीको सतिश सिंहले भने मैथिली भाषामा शपथ लिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

२०७९ पुष १५, शुक्रबार १७:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय