
नेपालवाणी / जनकपुरधाम ।
जाडोबढेपछि धनुषाको जनकपुरधाम उप-महानगरपालिकाले तीनदिनका लागि सबै विद्यालयहरुमा विदा दिएको छ ।
उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले उपमहानगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरु पुस २० गतेदेखि २२ गतेसम्म तीनदिन जाडो विदा दिने निर्णय गरेको हो ।
उप-महानगरका शिक्ष युवा तथा खेलकुद शाखाका बरिष्ठ उपसचिव मिहिलाल यादवले मंगलबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् ।
उनका अनुसार तीनदिनको जाडो विदा शैक्षिक क्यालेण्डरमा उल्लेखित पुस २७ देखि माघ ३ गतेसम्मको जाडो विदावाट कट्टा गरिने छ ।