
नेपालवाणी / जनकपुरधाम
चन्द्रनगर गाउँपालिकाको कक्षा कोठा अभाव भएको बिभिन्न चार विद्यालयमा भवन शिलान्यस गरिएको छ । सिकाई परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा चन्द्रनगर गाउँपालिकाको वडा नम्बर ७ र ३ मा दुई वटा विद्यालयमा दुई कोठे आरसिसि भवन र वडा नम्बर ६ र ३ का दुई विद्यालयमा बालमैत्री, लैगिंकतामैत्री र अपांगतामैत्री शौचालयको शिलन्यास गरिएको हो ।
चन्द्रनगर गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष सहित जनप्रतिनिधि, विधालय प्रधानाध्यापक तथा सिकाई परियोजनाको प्रतिनिधीद्वारा संयूक्त रुपमा उक्त कक्षा कोठा भवन तथा शौचालयको शिलन्यास गरिएको छ । गाउँपालिका अध्यक्ष राज कुमार महतोको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रमा उनले अपाङ्ग मैत्री तथा बालमैत्री हुने जानकारी दिए ।
दुई कोठे आरसिसि विद्यालय भवनको कूल लागत ३९ लाख ४४ हजार ७ सय ६५ र बालमैत्री, लैगिंकतामैत्री र अपांगतामैत्री शौचालयको लागत १४ लाख ९० हजार रहेको परियोजनाले जनाएको छ । सिकाई परियोजनाले चन्द्रनगर गाउँपालिकामा शिक्षा सुधारको लागि चालु आर्थिक वर्ष २०७९÷०८० मा १ करोड ३० लाख लागतको विद्यालयमा पुर्वाधार निर्माणमा सहयोग गरेको छ ।
अष्ट्रेलियन एड्को आर्थिक सहयोग तथा वल्र्ड भिजन इन्टरनेसनल नेपाल, विश्व शिक्षा, ह्याण्डीक्याप इन्टरनेसनल र राष्ट्रिय रोजगार प्रर्वद्धन केन्द्रको साझेदारीमा सञ्चालित सिकाइ परियोजना अन्तर्गत उक्त भौतिक पुर्वाधार निर्माणको कार्य भई रहेको अध्यक्ष महतोले अन्नपूर्णलाई जानकारी दिए ।
गाउँपालिकाका बालबालिकाको शैक्षिक गुणस्तर सुधारको लागि आवश्यक भौतिक पुर्वाधार निर्माणमा ठोस र महत्वपूर्ण योगदान गर्नुहुने सिकाई परियोजनालाई गाउँपालिकाको तर्फबाट धन्यवाद तथा आभार समेत व्यक्त गरे ।